
गण्डकी विकास बैंकको चितवनस्थित भरतपूर शाखा कार्यालयले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयको परिसर हाकिमचोकमा सम्पन्न कार्यक्रममा गण्डकी विकास बैंक चितवन क्लस्टर अन्तर्गतका ११ शाखा कार्यालयहरु नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौलीशाखा, बिरगंजशाखा, पर्सा शाखा, हेटौडा शाखा तथा मुग्लिन शाखाका कर्मचारी एवं भरतपुर नगरवासीहरुको सक्रिय सहभागिता रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रमको समापन भरतपुर शाखा प्रमुख दीपक पाठकले गरे । कार्यक्रममा बोल्दै चितवन क्लस्टर प्रमुख सुरज शर्माले गण्डकी विकास बैंकले आफ्नो मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिँदै आइरहेको तथा यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर रुपमा गरिरहने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्