
गण्डकी विकास बैंकको काठमाडौं स्थित नयाँ वानेश्वर शाखाको औपचारिक उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरे । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।
सो अवसरमा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गण्डकी विकास बैंक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंक परिवारलाई हार्दिक वधाइ दिए । पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएको भन्दै उनले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडका अध्यक्ष जगन वहादुर गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल विकास बैंक सघंका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद ढकालले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर वज्राचार्यले गरेका थिए ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को तेस्रो त्रैमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।
वंैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस, सीआस्वा, आइपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बंैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्