Skip to content

गण्डकी विकास बैंकको जेठ २५ मा एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकीको जेठ २५ गते बार्षिक साधारण सभा हुने भएको छ । सभामा बैंकले १९.३१% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । बोनस वितरणमा ४४ करोड ५० लाख ९२ हजार २५० रुपैयाँ खर्च हुनेछ । बैंकले २०७४ असार २० गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि पेश गर्नेछ ।
मर्ज भएका कम्पनीका सेयरधनीले निश्चित अवधिसम्म कर छुट पाउने प्रावधान छ । तर मर्ज भइसकेपछि सेयर किनेकाले भने यस्तो छुट पाउने छैनन् । साधारण सभा होटल पोखरा ग्रान्ड, पार्दि विरौटा पोखरामा बिहान ८.३० बजे सुरु हुनेछ । 
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आ.ब. २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने तथा उनीहरुको भत्ता एवं सुविधा वृद्धि गर्ने प्रस्ताव पनि छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्