
गण्डकी विकास बैकको आज दाङ्गको घोराही शाखा र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले एक समारोहका बीच गरे ।
सो अवसरमा मेयर नरुलाल चौधरीले गण्डकी विकास बैंकलाई घोराहीमा स्वागत गर्न पाउँदा आफूलाई ज्यादै खुशी लागेको बताए । उनले घोराही आहिले विकासोन्मुख शहरको रुपमा रहेको र बैंक आउनु भनेको विकास आउनु भएको तर्क राखे । आगामी दिनमा बैंक र उपमहानगरपालिका सहकार्य गरेर अगाडी बढनुपर्नेमा उनले जोड दिए । उनले बैंकले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्ने र सोतर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै बैंकको सफलताको लागि शुभकामना समेत दिए ।
विशेष अतिथीको मन्तव्य राख्दै घोराही उद्योग वाण्ज्यि संघका अध्यक्ष नारायण भुषालले गण्डकी विकास बैंकको उत्तरोत्तर प्रगतीको कामना गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडका संचालक बासुदेव त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन वुटवल रिजनका क्षेत्रीय प्रमुख श्री मिलन कुमार पुनले गरेका थिए ।
त्यस्तै गरी पर्सा शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले एक समारोहका बीच गरे । सो अवसरमा मेयर चौधरीले गण्डकी विकास बैकले पर्सा बजारमा आफ्नो शाखा विस्तार गरी यहाँका सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रदान गर्न लागेकोमा आफू अत्यन्तै हर्षित भएको बताए । उनले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बैंक भई बेष्ट मेनेज्ड डेभलपमेन्ट बैंक अवार्ड पाएकोमा बैक परिवारलाई बधाई दिए । सिमान्तकृत वर्गलाई समेत बैंकिङ्ग पहुँच पुयाउनुपर्नेमा जोड दिँदै उनले बैंकको सफलताको लागि शुभकामना दिए ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघ प्रदेश नं ३ का केन्द्रीय सदस्य गुणराज श्रेण्ठ, खैरहनी उद्योग वाणिज्य सघंका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले गण्डकी विकास बैंकको उत्तरोत्तर प्रगतीको कामना गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैकका संचालक ज्ञानेश्वर पराजुलीले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । साविक गण्डकी विकास बैंक लिमिटेडका पूर्व अध्यक्ष पदम प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए ।
बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिपबएस, एटिएम, एसएमएस, सीआस्वा, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्