Skip to content
LAXMI SUNRISE BANK

१९.३१% बोनसमा मूल्य समायोजनपछि गण्डकीको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकी विकास बैंकको १९.३१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता २१४.५७ रुपैयाँ कायम भएको छ । मंगलबार यहि मुल्यमा यो बैंकको सेयर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य भने २८०.७८ रुपैयाँ छ ।
गण्डकीले जेठ २५ गते हुने वार्षिक साधारण सभामा १९.३१% बोनस सेयर दिने प्रस्ताव पेस गर्ने भएको छ । यसका लागि बैंकले मंगलबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । यो बोनस हालै बिक्री भएको २५% हकप्रद सेयर भर्नेले पनि पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK