
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- के तपाईं गरिमा बिकास बैंकको ग्राहक हुनुहुन्छ ? वा गरिमा बिकास बैंकको एटिएम प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने अव तपाईं होसियार हुनुपर्ने भएको छ । किनकि यसअघि पनि नक्कली नोट फेला परेको गरिमा बिकास बैंकको एटिएमबाट पनि नक्कली नोट निस्कन थालेको खबर प्राप्त भएको छ । गरिमा बिकास बैंकको एटिएम प्रयोग गर्ने स्याङ्जाका स्थानीयले बैंकको एटिएमबाट पनि नक्कली नोट निस्किएको र सो नोट परिक्षणका लागि पठाएको बताएका छन् । यसअघि स्थानीय चुनावका बेलामा पनि गरिमा बिकास बैंकमा नक्कली नोट फेला परेका थिए । अव त एटिएमबाट समेत नक्कली नोट फेला पर्न थालेपछी बैंकका ग्राहकहरु गरिमा बिकास बैंकबाट पैसा निकालेर अन्यत्रै राख्न थालेका छन् भने कतिपयले गरिमा बिकास बैंकको एटिएम नै प्रयोग गर्न छाडेका छन् ।
गरिमा बिकास बैंकमा कारोबार गर्ने ग्राहकमा त्रास, फेरि दोहोरियो नक्कली नोटको घटना !
यसो त स्याङ्जामा फेरि नक्कली नोट फेला परेको छ । फेला परेका ४ वटै नोट एकै नम्बर च२४ –६१४१६३ का छन् । गरिमा बिकास बैंकमा उक्त नक्कली नोट फेला परेको हो । यद्यपी बैंकले भने स्थानीय जयजनता बहुउद्देश्यीय सहकारी संस्थामा संकलन भएको रकममा नक्कली हजारको नोट फेला परेको दावी गरेको छ । सहकारीले गण्डकी विकास बैंकको खातामा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टि भएको बैंकका प्रबन्धक प्रविन श्रेष्ठले बताएका छन् । गरिमा बिकास बैंकमा फेला परेको उक्त नोटमा गर्भनर युवराज खतिवडाको हस्ताक्षर छ । यसरी नक्कली नोट फेला परेपछि गण्डकी बिकास बैंकसँग कारोबार गर्ने ग्राहकहरु तनावमा छन् । अव बैंकबाट पैसा निकाल्दा पनि नक्कली नोट पर्ला कि भन्ने पीर उनीहरुलाई छ । अझ गरिमा बिकास बैंकको एटिएमबाटसमेत नक्कली नोट निस्किएपछी स्थानीय ग्राहकहरु त्रसित बनेका छन् । एटिएमबाट नक्कली नोट आएको भन्दै उक्त नोट परिक्षणका लागि पठाईएको स्थानीयहरुले बताएका छन् ।
यसअघि चुनावका बेला पनि गरिमा बिकास बैंकमा भेटिएको थियो नक्कली नोट !
यसो त यसअघि स्थानीय निर्वाचनको संघारमा पनि म्याग्दी जिल्लामा हजार र पाँच सय दरका नक्कली नोट फेला फेला परेका थिए । त्यति बेला च/२५ ४३९१३३ नम्बर भएका नक्कली नोटहरु बजारमा छ्यापछ्याप्ती पाइएका थिए । सो बेला पनि गरिमा बिकास बैंकमा पनि नक्कली नोट भेटिएका थिए । ‘स्थानीय तह चुनावका बेला पनि ५ सय दरका केही नक्कली नोट फेला परेका थिए । अहिले एक हजार दरका नक्कली नोट फेला परेका छन्,’ गरिमा विकास बैंकका शाखा प्रबन्धक कमल ढुंगानाले त्यति बेला पनि भनेका थिए ‘स्थानीय चुनावका बेला भेटिएका नोट छानबिनका लागि मुख्यालयमा पठाएका थियौं ।’
यो पनि पढ्नुहोस्
भूकम्पपीडीतलाई ठग्ने बैंक ११ औँ बर्षमा प्रवेश, यी हुन् गरिमाको ‘गरिमा’मा आँच आएका ११ विवाद !
रोकिएन गरिमा बिकास बैंकको ‘ठगीधन्दा’, भूकम्पपीडीतहरुको पैसामा यस्तो ‘लुट’ !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्