Skip to content
LAXMI SUNRISE BANK

गरिमा र ज्योति विकास बैंकबीच सम्झौता, अब ज्योतिको सबै शाखाबाट गरिमा रेमिटको सुविधा पाउने

अर्थ सरोकार

गरिमा विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । जेठ ७ गते सोमबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात हाल देशभर रहेका ज्योति विकास बैंकका ५० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी लिन तथा खातामा जम्मा गर्न सकिने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK