×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल बैंक र नर्भिक अस्पतालबीच सम्झौता, अब ग्लोबलका ग्राहकले नर्भिकमा ५ देखि १० % छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल बैंक र नर्भिक अस्पतालबीच सम्झौता, अब ग्लोबलका ग्राहकले नर्भिकमा ५ देखि १० % छुट पाउने

३० बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंक लि. र नर्भिक अन्तराष्टिय अस्पतालबीच विहीबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात नर्भिक अन्तर्राष्टिय अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट Privileged Customers क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक उनका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने सेवा अन्र्तगत प्याथोलोजी सेवा, सिटिस्क्यान, एमआएआई, रेडियोलोजी लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् भने बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै अस्पतालले आफ्नो तर्फबाट ग्राहकहरुलार्ई विभिन्न सेवाहरुमा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नसक्ने छन् ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र नर्भिक अन्तर्राष्टिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी