
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ग्लोबल आइएमइ क्यापिटल अनतर्गत ग्लोबल आइएमइ म्युचुअल फन्डले ल्याएको ग्लोबल आइएमइ समुन्नत योजना-१ मा सूचीकृत कम्पनीहरुको सुचीकरणमा गरेको गम्भीर त्रुटी सच्याएको छ । उक्त त्रुटीबारे अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि कम्पनीले उक्त गल्ती सच्याएको हो । आफुले गरेको सधैं ठिक भन्ने घमण्ड गर्ने सीइओका रुपमा चिनिएका कम्पनीका सीइओले यसपाली भने आफ्नो गल्ती सच्याएका छन् ।
सूचीकृत कम्पनीहरुको विवरण बनाउँदा ‘हाइड्रो’ शब्द आउने बित्तिकै जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेड (एचआइडीसीएल) लाइ हाइड्रो पावर कम्पनी अन्तर्गत राखेर जनतालाई नै कन्फ्युज्ड बनाउने काम गरेको कम्पनीले अहिले एचआइडीसीएललाई अन्यमा राखेर आफ्नो गल्ती सच्याएको छ । उक्त काम त्रुटीबस् भन्दा पनि कम्पनीका ग्लोबल आइएमइ क्यापिटलका सीइओ पारसमणि ढकालको जिद्दीका कारण भएको ग्लोबल आइएमइ क्यापिटलका कर्मचारीहरुले आरोप लगाएका थिए ।
‘अर्थ सरोकारको समाचारपछि कम्पनीमा यस विषयमा राम्रै चर्चा चल्यो । धेरैले अर्थ सरोकारले भनेको ठिक छ कम्पनीले गल्ती गरेको हो भन्ने सुझाव दिए । मै हुँ भन्ने सीइओले हारे र अन्तत एचआइडीसीएललाई अन्यमै राख्ने निर्णय भयो ।’ कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
कम्पनीले पहिला गरेको गल्ती जहाँ एचआइडीसीएललाइ हाइड्रो अन्तर्गत राखिएको थियो :
गल्ती सच्याएको प्रमाण :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्