- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ५८ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५९ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।