- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५८ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।