×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीज्यू, क्षमताभन्दा धेरै यात्रु बोक्नेलाई कारवाही गर्छु भनेको होइन ? खोइ त ? यहि हो कारवाही ?

PRIME CA
GLOBAL IME BANK

गृहमन्त्रीज्यू, क्षमताभन्दा धेरै यात्रु बोक्नेलाई कारवाही गर्छु भनेको होइन ? खोइ त ? यहि हो कारवाही ?

१५ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • डीआर नेपाल 
यो एउटा तस्विर जसले काठमाडौँमा गुडीरहेका गाडी र गाडीभित्र यात्रु कसरी राखिन्छ भन्ने उदाहरण पेश गर्छ । हुन त यो धेरै पूरानो समस्या हो । तर पनि बादल गृहमन्त्री भएपछि उनले यसरी यात्रु बोक्नेहरुलाई कारवाही गर्छु भनेका थिए । तर समस्या ज्यूका त्यूँ छ ।
गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ भन्ने पनि सुनिएको छ । तर खोइ त परिणाम ? यस्तो तस्विरहरु किन देख्नु परिरहेको छ ?
नागरिकले तपाईंबाट ठुलो अपेक्षा गरेका छन् । सोहि अनुसार काम गर्नुहोला गृहमन्त्रीज्यू ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: