×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री थापाले भने,’अव गुण्डा, तस्करहरुको दिनगन्ती सुरु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्री थापाले भने,’अव गुण्डा, तस्करहरुको दिनगन्ती सुरु’

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका-२ लाई वाइफाई फ्री वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताएका हुन् ।
सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । ‘ आर्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ ।
दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’ अर्काे फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारवाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी