
काठमाडौँ – साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या छानबिन गर्न गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीको म्याद थप भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा समितिको म्याद २५ दिन थप गरेको हो ।
२०७४ चैत १९ गते गठन भएको समितिलाई यसअघि ४५ दिनको कार्यादेश दिएको थियो । यो समय शनिबार मध्यरातदेखि सकिएको थियो । गृहमन्त्री रामबहादुर थापासहितले समितिको म्याद २५ दिन थप गर्नुपर्ने निष्कर्ष निकाल्दै पठाएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
यो बीचमा समितिले साढे ३३ केजी सुन प्रकरणसँग जोडिएका प्रहरीसहित ३० जना पक्राउ गरी बयान लिइसकेको छ । पक्राउ परेकासहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिस गरेको थियो । उनीहरूको मुद्दामा मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्