×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यसपालीको आइक्यान करियर एक्स्पो पनि ‘सुपरफ्लप’, अवलोकनकर्ता भन्दा आयोजक बढी, खोलामै बग्यो लाखौँको लगानी

  • अर्थ  सरोकार सम्बाददाता 

काठमाडौँ- केहि समय अघि सुपर फ्लप भएका कारण गत बर्ष आयोजना नभएको सिए करियर एक्स्पो यसपाली पनि सुपर फ्लप भएको छ । गत बैसाख ३१ गते एक्स्पोमा अवलोकनकर्ता कम र आयोजक बढी भएपछि एक्स्पो सुपर फ्लप भएको हो । आइक्यानले सम्बन्धन दिएका संस्थाहरु र आइक्यान मिलेर संयुक्त रुपमा आयोजना गरिएको उक्त एक्स्पोमा अपेक्षा गरिएभन्दा निकै कम विद्यार्थीहरु उपस्थित थिए ।
अर्थ सरोकार सम्बाददाता एक्स्पोमा पुग्दा कतिपय आइक्यानका कर्मचारी कोहि पनि नआएर मोबाइल खेलाएर बसीरहेका थिए । आइक्यानको काउन्सिलिङ गर्ने ठाउँ खाली-खाली थियो भने एक्स्पोमा चहलपहल निकै कम थियो । अझ अचम्मको कुरा त के छ भने सीसीएमए, सीमा, चैतन्य र एओसीका स्टलमा तीनै कोचिङ सेन्टरका कर्मचारी, एक्स्पोका लागि खटाइएका भोल्युन्टरहरु र चिनजानका आधारमा कस्तो रहेछ त एक्स्पो भनेर हेर्न आएकाहरु मात्रै देखिन्थे ।
कोहि नयाँ मान्छे एक्स्पोमा छिरेपछि सबैजस्तो स्टलहरुमा तीनै व्यक्तिमात्र देखिन्थे । उक्त कार्यक्रममा पुगेका थोरै मात्र विद्यार्थीहरुले सबै ठाउँमा काउन्सिलिङ लिएका थिए । यसो त यसरी एक्स्पोमा पुग्ने विद्यार्थीको संख्या ५० जना पनि थिएन । अधिकांस आयोजकहरु विद्यार्थीको ब्यग्र प्रतिक्षामा थिए । कोहि विद्यार्थी अर्को आयोजकको स्टलमा बसीरहेको छ भने पुन: आफ्नामा पनि उनैलाई काउन्सिलिङ हुने गरेको पाइएको थियो ।
     
एक्स्पोमा आयोजकहरु यति फुर्सदिला बनेका थिए कि उनीहरु एक्स्पोमा रमाइलो गफगाफ गर्ने, जिस्किने गरिरहेका थिए । कतिपय स्टलहरुमा विद्यार्थी पर्खेर बसेका आयोजकको दृश्य सार्है खल्लो थियो ।  
स्टलहरुमा विद्यार्थीको ब्यग्र प्रतीक्षा थियो । तर आउनेवाला को नै थियो र ? न एक्स्पोको प्रचार-प्रसार थियो, न त तयारी । न कुनै कलेजका विद्यार्थीलाइ सिए एक्स्पो हुँदैछ भन्ने थाहा नै थियो । आइक्यानले गरेजस्तो गर्ने र आइक्यानले आयोजना गरेपछि सहभागी भइदिउँ न त भन्ने कोचिङ सेन्टरको मनोविज्ञानले मात्र काम गरेको एक्स्पो समग्रमा ‘झुर’ नै थियो भन्दा फरक पर्दैन ।     
एक्स्पोमा आएका अधिकांस एओसीमा झुम्मिए । यसो त अलि बढी चर्चा चलेको संस्था यहि नै थियो एक्स्पोमा । झुम्मिन पनि कति नै झुम्मिउन् र ? आएका नै को नै पो थिए र ? बस् आइक्यानले एक्स्पो गर्यौं भनेजस्तो गर्यो, अरु कोचिङ सेन्टरले पैसा खोलामा बगाए ।    
यसपालीको एक्स्पोले पनि प्राइम सिएलाइ ‘मिस’ गर्यो । आएका थोरै विद्यार्थीहरुमध्ये पनि धेरैले प्राइमको स्टल कता छ भनेर सोधे ? सबैसँग मुसुक्क हाँसेर यहाँ प्राइम छैन भन्नुको विकल्प रहेन ।  
यहाँ भएका कोचिङ सेन्टरमध्ये चैतन्य चाहिं सबैभन्दा कमजोर रहेछ, यो लोकसेवाको लागि चाहिं खतरा सेन्टर हो भन्ने चर्चा पनि केहि विद्यार्थीहरुले गरे ।  एओसीको नतिजालाई सबैले प्रशंसा गरे । सीसीएमएको पूरानो ब्राण्डलाई धेरैले ख्याल गरे । सीमाको शैली धेरैले मन पराए ।   
होइन ! मान्छे त छन् त यो फोटोमा त ! भन्ने लाग्ला, नझुकिनुहोस्,  माथिको फोटोमा २८ जनाको टाउका देखिन सकिन्छ जसमध्ये २१ जना आयोजक हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: