
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अमेरिकामा रहेका केहि सिएहरुले स्थापना गरेको एनआरएनए नामक संस्थाले विद्यार्थीहरुलाई वितरण गर्न अमेरिकाबाट पठाएको ३ हजार डलर छात्रवृति विद्यार्थीलाई वितरण नगरेको पाइएको छ । आफुले पठाएको रकम विद्यार्थीहरुलाई नबाँडीएको र पटक पटक ताकेता गर्दा पनि कसैले वास्ता नगरेको भन्दै छात्रवृति प्रायदक संस्थाका एक प्रतिनिधिले अर्थ सरोकार डटकमलाई यसबारे जानकारी गराएपछी यस्तो रहस्य खुलेको हो । उनका अनुसार प्रकाश लम्साल अध्यक्ष हुँदा आइक्यानसँग बार्षिक ६००० डलर पठाउने र हालका लागि ३००० डलर आइक्यानलाई प्रदान गर्ने सहमति भएको थियो । तर दिइएको ३००० डलरपनि वितरण नभएको र अरु पैसा पठाउने वातावरण पनि नमिलाएको भन्दै उनले अर्थ सरोकारसँग विद्यार्थीमाझ यो खबर पुर्याईदिन आग्रह गरेका थिए ।
के भन्छन् तत्कालीन अध्यक्ष प्रकाश लम्साल र हालका अध्यक्ष प्रकाश जंग थापा ?
यस विषयमा हामीले आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश लम्सालसँग बुझेका थियौं । ‘३००० डलर आएको कुरा सत्य हो । तर त्यो २ बर्ष अघिको कुरा हो । म स्कलरशिप कमिटीमा थिइन । अहिले के भएको छ थाहा छैन।’ अर्थ सरोकार सँग कुराकानी गर्दै आइक्यानका तत्कालीन अध्यक्ष लम्सालले भने । उनले यस विषयमा हालका अध्यक्ष प्रकाश जंग थापासँग बुझ्न आग्रह गरे । ‘स्कलरशिप कमिटिमा प्रकाश थापा सर हुनुहुन्छ, उहाँलाई डिटेल थाहा होला।’ उनले भने । त्यसपछि हामीले यस विषयमा प्रकाश जंग थापासँग बुझेका थियौं । ‘पैसा आएको हो । तर निकै कम्प्लेक्स सर्तहरु छन् । दुरदराजका ठाउँ, जहाँबाट अर्थ भएका छैनन्, दलित, जनजाती लगायतलाई दिनुपर्ने भनिएको छ । त्यसका लागि कार्यविधि नै बनेको छैन । त्यसमाथि लोन मार्फत उक्त रकम दिने भन्ने सर्त हो ।’ थापाले अर्थ सरोकार डटकमसँग भने ।
‘किचकिच बढी भयो, मलाइ धेरै गाली गरियो, त्यसले थप समस्या आयो’ : आइक्यान अध्यक्ष
‘स्कलरशिप दिने भनेर पैसा त आयो, तर कार्यविधि बनेको थिएन । मलाइ पटक पटक गाली गर्ने काम भयो । किन वितरण नगरेको भनेर बढी किचकिच भयो । यहाँसम्मकि मानहानी नै हुने गरी व्यवहार गरियो । एक पटक फोन गरेर एक्यानमा उक्त पैसा ट्रान्सफर गर्नु भनेर समेत थर्काईयो । पैसा एक पटक दिंदा त यस्तो छ बार्षिक रुपमा त्यो गाली आइक्यानले सहनुपर्यो भने त कसरी काम गर्ने ?’ आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले भने, ‘बरु हामी उक्त पैसा फिर्ता गरिदिन्छौं, तर कार्यविधि नबनी काम गर्न सकिंदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्