Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकद्धारा तीन दिने आँखा सिविर सम्पन्न

अर्थ सरोकार

संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैशाख २८, २९ र ३० मा बैंकले आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेको हो ।
कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएकोमा ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको बताइएको छ । । २९ जना महिलाहरुलाई भने पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । शिविरमा ५०० जनाभन्दा बढी आँखाको समस्या भएकाव्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण पनि गरिएको थियो । आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो । 
उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरे । 
उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK