काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको निरन्तरतासँगै शाखाबाट कारोवार पनि सुरु भइरहेको छ । बैंकले अहिले एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरिएको छ ।
बैंकले सिराहाको गोलबजार न.पा. ४मा रहेको गोलबजार शाखा, रसुवाको नौकुण्डगा.पा. २मा रहेको नौकुण्डशाखा र कालिका गा.पा. २ मा रहेको कालिकास्थान शाखा, रामेछापको दोरम्बागा.पा. ३मा रहेको दोरम्बा शाखा, जुम्लाको तातोपानी गा.पा. ३ मा रहेको तातोपानी शाखा मा एकसाथ कारोबार सुरु भएको छ ।
यस मध्येकालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यि शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखारहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।