
- अर्थ सरोकार सम्बाददाता
पोखरा- नेपाली इन्सुरेन्स क्षेत्रमा थुप्रैले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाइरहेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको केहि दिन नपुग्दै पोखरामा ज्योति लाइफ इन्सुरेन्सका रिजनल मेनेजर नक्कली सर्टिफिकेट देखाएर जागिर खाएको आरोपमा पक्राउ परेका छन् । बाँके जिल्ला नयाँ गाउँ घर भएका गौतम पोखरा–१७ विरौटामा बस्दै आएका कम्पनीका रिजनल मेनेजर सन्तोष गौतमले नक्कली सर्टिफिकेट देखाएर जागिर खाएको प्रमाणित भएपछी पक्राउ गरिएको पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले पुष्टी गरेका छन् ।
उनका अनुसार जिल्ला अदालत कास्कीबाट उनी धरौटीमा छुटेका छन् भने उनको नक्कली सर्टिफिकेट काण्डबारे थप अनुसन्धान भइरहेको छ । उनी यसअघि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खाएका व्यक्ति हुन् । प्राइम लाइफनै छोडेर सिटिजन्स लाइफ इन्सुरेन्समा काम गरेका एक व्यक्ति यसअघि नक्कली बिमा पोलिसी जारी गरेको भन्दै पक्राउ परेका थिए । गौतमले भने प्राइमलाइफ छोडेर ज्योति लाइफ इन्सुरेन्समा जागिर खाँदा नक्कली सर्टिफिकेट देखाएको प्रमाणित भएको हो । जिल्ला अदालत कास्कीबाट गौतम हिजो १० हजार धरौटीमा छुटेका हुन् ।
यसरी खुल्यो पोल !
३३ वर्षीय गौतमको सर्टिफिकेट नक्कली भएको भन्ने प्रहरीमा परेको उजुरीका आधारमा उनको सर्टिफिकेटमाथि छानविन सुरु भएको थियो । यहि आरोपमा उनलाई प्रहरीले वैशाख २६ गते अनुसन्धानका लागि भन्दै पक्राउसमेत गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा गौतमले पृथ्वीनारायण क्याम्पसको नाममा नक्कली सर्टिफिकेट निकालेको प्रमाणित भएको हो । यसो त उनले त्रिभूवन विश्वविद्यालय काठमाडौबाट ल्याएको ट्रान्सकिप्ट पनि नक्कली प्रमाणित भएको छ । स्रोतले दिएको जानकारी अनुसार क्याम्पसले दर्ता नम्बर नमिलेको जानकारी प्रहरीलाई दिएपछी उनको सर्टिफिकेट नक्कली भएको प्रमाणित भएको हो ।उनी विरुद्ध सरकारी छापा दस्तखत किर्ते मुद्दा चलाइएको छ ।
ज्योतिलाइफ भित्र अरु पनि नक्कली सर्टिफिकेटधारी ?
यता ज्योतिलाइफ इन्सुरेन्स भित्र अरु पनि केहि नक्कली सर्टिफिकेटधारीहरु रहेको स्रोतकोद दावी छ । ‘पहिला यो कुरा गुपचुप नै हुन्थ्यो । पछि केहि मिडियाहरुमा इन्सुरेन्स कम्पनीहरुमा नक्कली सर्टिफिकेटधारीहरु रहेको खबर सार्वजनिक भएपछि यस विषयमा थप बहस र एकले अर्कोलाई उजुरी दिने क्रम बढेको छ । यता इन्सुरेन्स कम्पनी भने यस विषयमा केहि पनि बोलेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्