×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ किलो सुन काण्डको ‘एफेक्ट’ ? प्रहरी वृत्तबाटै अभियुक्तको सुनका गहना गायब !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३३ किलो सुन काण्डको ‘एफेक्ट’ ? प्रहरी वृत्तबाटै अभियुक्तको सुनका गहना गायब !

Artha Sarokar

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा हिरासतमा रहेका दुई अभियुक्तको सुन गायब भएको छ । प्रहरी वृत्तमा नै सुनका गहना हराएपछि घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन समिति गठन भएको छ ।
गत चैत २२ गते सार्वजनिक अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका युवराज लामा र रोमन बस्नेतको दुई/दुई वटा औंठी, मुन्द्रा, एउटा टप र चाँदीको ब्रासलेट गरी ८५ हजार रुपैयाँ बराबरको गहना चोरी भएको हो । उनीहरु राति साढे ९ बजे जमल क्षेत्रबाट पक्राउ परेका थिए । सार्वजनिक अपराधमा अनुसन्धानपछि ३ वैशाखमा छुटे । तर, निस्किने वेलामा आफ्नो सबै गहन पाएनन् ।
प्रहरी वृत्तभित्र सुन गायब भएको खबर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर मल्लसम्म पुग्यो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा छानबिन समिति नै गठन भएको छ । 
समितिमा सई एकराम खड्का, मुद्दा शाखाका असई प्रेम शाही, हवल्दार वीरबहादुर सुनुवार र प्रहरी जवान मोहन बुढाथोकी छन् ।
समितिले हालसम्म गायब भएको सुन कहाँ गयो भन्ने पत्ता लगाउन सकेको छैन ।
डिएसपी मल्लले घटनाबारे ढिला गरी आफूलाई जानकारी प्राप्त भएको बताए । उनले भने, ‘समिति बनेको छ, त्यसले धेरै कुरा हल गरिसकेको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी