
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीमा आवेदन दिने म्याद १ दिन थप गरेको छ । अब यो लिलामीमा मंगलबार (जेठ १ गते) पनि आवेदन दिन सकिनेछ । यसअघि बैंकले वैशाख २४ गतेदेखि सोमबारसम्म म्याद तोकेर लिलामी खुला गरेको थियो । तर आइतबार भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपछि म्याद थप गरी मंगलबार पुर्याइएको बैंकले जनाएको छ ।
कामना सेवाले सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ । संस्थापक र सर्वसाधारण समूहमा क्रमशः न्यूनतम १००० र १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्