Skip to content
LAXMI SUNRISE BANK

कामना सेवाको दिउँसो २ बजे सेयरको बोलपत्र खोलिंदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कामना सेवा विकास बैंकको ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीको बोलपत्र आइतबार खोलिंदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी काठमाडौंमा दिउँसो २ बजे बोलपत्र खेलिनेछ । बैंकले वैशाख २४ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
कामना सेवाले यसअघि माघ १५ देखि चैत ५ गतेसम्म १५% हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK