
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कन्काई विकास बैंकले ३ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४.१३% ले घटेको हो । गत वर्ष ३ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ४ करोड ९४ लाख रुपैयाँबाट घटेर ३ करोड ६६ लाख ८८ हजार रुपैयाँमा खुम्चिएको छ ।
खुद ब्याज आम्दानी भने १४.६२% ले बढेर ९ करोड २ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कन्काईले ७ करोड ८७ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप १ अर्ब ४२ करोडबाट बढाएर १ अर्ब ६७ करोड ७२ हजार रुपैयाँ पुर्याएको यस बैंकले १ अर्ब ५० करोड ७१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको कन्काईको जगेडा कोषमा ७ करोड ५६ लाख ८४ हजार रुपैयाँ छ । जगेडा कोष सुधार्ने चुनौती कन्काईलाई पनि उत्तिकै छ । सम्भावित जोखिमका लागि १ करोड ७१ लाख ९८ हजार रुपैयाँ छुट्याएको यो बैंकले १ करोड ८ लाख ३१ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
खराब कर्जा थोरै बढेर ०.८२% पुगेको छ । गत वर्ष यस्तो कर्जा ०.४२% थियो । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०४ पैसा (वार्षिक) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्