Skip to content
LAXMI SUNRISE BANK

किङ्गफिसरले भित्र्यायो ‘गुड टाइम्स्’ नेपालमा

अर्थ सरोकार

काठमाडौं – एशियाकै ठूलो बियर कम्पनीहरु मध्ये एक युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँग सहकार्य गरी उत्कृष्ट ब्राण्ड– किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग, जेठ ४ गतेबाट नेपाली बजारमा ल्याएको छ । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर Heineken N.V.सँगको संयुुक्त उद्यम हो ।
युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको छ । र साथै विभिन्न क्षेत्रहरुमा विस्तारित गरी बजारको हिस्सालाई समेट्ने छ । 
युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ । किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गईरहेको छ । 
युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक श्री शेखर राममुर्तिले ‘किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड हो । किङ्गफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङ्गफिसर प्रिमियम र किङ्गफिसर स्ट्रङ्गको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित तुल्याएको छ र हामीलाई यो विश्वास छ कि हाम्रो “गुड टाइम्स्” को प्रतीकात्मकतालाई फलदायी बनाउने छ’ उनले बताए। 
त्यसै गरी यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले “किङ्गफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको छ । किङ्गफिसर दक्षिण एसियामा नै स्थापित भएको बियर ब्राण्ड हो र यस्तो स्थापित ब्राण्डलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । साथै युनाइटेड ब्रुअरीज लि.सँग साझेंदारी गरी किङ्गफिसर जस्तो स्थापित बियर नेपाली बजारमा प्रस्तुत गरी ‘गुड टाइम्स्’को अनुभव आगामी दिनहरुमा नेपालमा विशेष रहोस् भनी अझ उत्साहित भएका छौं’ उनले बताए । 
नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एम एल को बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य रु. २७५ रहेको छ । त्यसै गरी ५०० एम एल को क्यानको मूल्य रु. २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एम एल बोटलको मूल्य रु. २३५ तथा क्यानको मूल्य रु. १८० तोकिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK