×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै यी सीइओ, गैरकानुनी रुपमा नेशनल लाइफ इन्सुरेन्सको सञ्चालक ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  पछिल्लो समय नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका नमान्ने, त्यसको अटेरी गर्ने, राष्ट्र बैंकमै ‘सेटिङ’ मिलाउने क्रम बढ्दै गएको छ । यसमा कतिपय राष्ट्र बैंककै कर्मचारीको समेत मिलेमतो देखिएको छ । अरु त अरु, सरकारी बैंकमै बसेर कसैले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकाको धज्जी उडाउँछ भने त्यसलाई के भन्ने ? हो, त्यस्तै राष्ट्र बैंकको नियमको धज्जी उडाउने काम गरेका छन् नेशनल लाइफ इन्सुरेन्सका सञ्चालकसमेत रहेका राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठले ।    
नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ को इ प्रा निर्देशन नम्बर ६/०७४ अन्तर्गत संस्थागत सुशासन सम्बन्धि व्यवस्था को खण्ड ३ मा स्पष्टसँग एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने व्यक्ति अर्को कुनै पब्लिक कम्पनी वा इन्सुरेन्स कम्पनीको सञ्चालक हुन नपाउने भनी स्पष्ट लेखिएको छ । तर राष्ट्रिय वाणिज्य बैंकका सीइओ समेत रहेका श्रेष्ठ नेश्नल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा संचालक बसेका छन् ।
हेर्नुहोस् श्रेष्ठ नेशनल लाइफ इन्सुरेन्समा संचालक रहेको प्रमाण ! अझै यो कम्पनीले त लाजै नमानी हाम्रा सञ्चालक राष्ट्रिय वाणिज्य बैंकका सीइओ भन्ने समेत उल्लेख गरेको छ । 

अव हेर्नुहोस् श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको सीइओ रहेको प्रमाण ! 
अव हेर्नुहोस् नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा संस्थागत सुशासन सम्बन्धि व्यवस्थाको खण्ड ३ मा उल्लेख भएको नियम :
नियामक भन्छ, ‘यसो गर्न पाईदैन’ कम्पनी बोल्नै मान्दैन !
यस विषयमा हामीले नेपाल राष्ट्र बैंकमा बुझेका थियौं । ‘राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अक्षरस पालना हुनुपर्छ । एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने मान्छे, अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन पाउँदैन ।’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । यता यस विषयमा हामीले कम्पनीमा बुझ्दा भने कम्पनीका कोहि व्यक्ति पनि यस विषयमा बोल्न चाहेनन् । अझ खास कुरा त के छ भने नेशनल लाइफ इन्सुरेन्समा बजारमा कहलिएका केहि व्यक्तिसमेत संचालक छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: