
कैलाली – कञ्चनपुरको पुनर्वासलगायतका क्षेत्रमा नेपाल–भारतबीच देखिएको सीमा विवाद सुल्झाउन प्रदेश ७ को सरकारले केन्द्र सरकारलाई अनुरोध गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनैतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसका साथै, सीमा क्षेत्रमा देखिएका विवाद समाधानको लागि बनेको दुई देशको संयुक्त नापी टोलीको समयावधि सकिने क्रममा रहेकाले त्यसको समय अवधि बढाउन पनि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
कञ्चनपुरको पुनर्वास क्षेत्रमा गत बैशाख १३ गते नेपाली पक्ष र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बीच विवाद भएको थियो । भारतको दुधुवा नेशनल पार्कबाट आउने वन्यजन्तु रोक्नका लागि नेपाली पक्षले तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएपछि विवाद भएको थियो ।
सीमा विवादकै कारण गत वर्षको फागुनमा एसएसबीले गोली चलाउँदा पुनर्वासस्थित आनन्द बजारका गोविन्द गौतमको ज्यान गएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्