
काठमाडौं – अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ जना नयाँ सदस्यहरुको नाम टुंगो लागेको छ । तर, तत्कालीन माओवादीका तर्फबाट आउनूपर्ने नाम नआएपछि औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यको सूची तयार पारेको स्रोतले जनायो । अण्डरलाइनका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।
एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । ४१ जना थप्नुपर्नेमा तत्कालीन केन्द्रीय कमिटीका राधाकृष्ण मैनालीसहित केही सदस्यलार्इ बिदा दिएकाे स्राेतले जनाएकाे छ । तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो ।
दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गरेका हुन् ।
थपिने केन्द्रीय सदस्यको सूची औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ ।
नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् ।
युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।
तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।
शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । नेकपाका महासचिव विष्णु पौडेलले चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने प्रतिक्रिया दिए ।
थपिएका केन्द्रीय सदस्यहरुमा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा.युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाल रहेका छन् ।
त्यस्तै कृष्ण राई, वसन्त मानन्धर, निरज आचार्य, दयालबहादुर शाही, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मिया अन्सारी, प्रमोदनारायण यादव, दीलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही छन् ।
त्यस्तै देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर रानामगर र नरेश खरेल पनि अण्डरलाइन नेकपाको केन्द्रीय कमिटीमा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्