×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनाव चिन्ह ‘सूर्य’ राख्‍न प्रचण्ड सहमत, अब एकता अगाडि बढ्यो

PRIME CA
GLOBAL IME BANK

चुनाव चिन्ह ‘सूर्य’ राख्‍न प्रचण्ड सहमत, अब एकता अगाडि बढ्यो

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अगाडि बढ्ने भएको छ । विहीबार दुई पटकसम्म दुई अध्यक्षबीच भएको वार्ता सकारात्मक भएपछि एकता अगाडि बढ्ने भएको हो ।
विहीबारको वार्तामा माओवादी केन्द्रका अध्यक्षले चुनाव चिन्ह ‘सूर्य’लाई नै स्वीकार गरेका थिए । योसँगै एकीकृत पार्टीको चुनाव चिन्ह अब ‘सूर्य’ नै हुने भएको छ । यसअघि माओवादी केन्द्रका नेताहरुले सूर्यभित्र आफ्नो चुनाव चिन्ह राख्नु पर्ने बताउँदै आएका थिए ।
विहीबार विहान र दिउँसो गरी दुई पटक भएको वार्तामा कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएको निष्कर्ष निकाल्दै सामान्य भाषा परिमार्जनसहित पार्टी एकता संयोजन समितिमा पेश गर्न दुबै अध्यक्ष तयार भएका छन् ।
माओवादी केन्द्रले उठाउँदै आएको प्रस्तावनामा जनयुद्ध शब्द राख्नेबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको बताइएको छ । तर, थप छलफल आवश्यक भएको भन्दै यसमा अन्तिम सहमति हुन बाँकी छ ।
एकीकृत पार्टीको केन्द्रीय समिति ३७५ सम्मको बनाउने पनि ओली–प्रचण्ड सहमत भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: