Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीले भनेः ३ वर्षमा काठमाण्डुमा रेल चल्छ

अर्थ सरोकार

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेल सपनाको कुरा नभएको दाबी गरेका छन् । आज संसदमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वपश्चिममात्र हैन उत्तर दक्षिण रेल पनि कुद्ने दाबी गरे । साथै उनले हेर्दाहेर्दै ३ वर्षमा काठमाण्डुमा रेल चल्ने पनि दाबी गरे ।
आफूले रेलको कुरा जहाजको कुरा गर्दा बाल्टीमा कागजका नाउ हालेर मजाक उडाएको स्मरण गराउँदै ओलीले आफ्नै देशको विकासको कुरा गर्दा मजाक उठाएको गुनासोसमेत गरे । ओलीले अब ढुवानी जलमार्गबाट हुनेसमेत दाबी गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको भाषण स्मरण गराउँदै ओलीले नेपाल ल्यान्डलक्ड नभएर वाटरलिंक भएको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK