
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नरेन्द्र मोदी नेपालको भ्रमण सकेर भारत फर्किएलगत्तै ओली सरकारले जनता रुवाउने निर्णय गर्न लागेको खबर प्राप्त भएको छ । पटक पटक बढेको पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने निर्णय गरेर ओली सरकारले जनता रुवाउने काम गर्न लागेको हो ।
भारतको कर्नाटक राज्यमा चलेको चुनाव सकिए संगै अबको १-२ दिन मै भारतमा पेट्रोलियम पदार्थ बढ्ने भारतीय संचार माध्यमहरुले उल्लेख गरेसँगै नेपाल आयल निगमले पनि सोहि अनुसारको निर्णय गर्न तयारी गरिरहेको छ । यो तथ्य थाहा पाएर केहि पेट्रोल पम्पहरुले कालोबजारी समेत गर्न सक्ने संकेत देखिएको छ । भारतीय अर्थतन्त्रको बिषयमा समाचार प्रकाशन गर्ने बिजनेश टुडेले भारतमा अप्रिल २४ देखि मूल्य समायोजन नभएको उल्लेख गर्दै चुनावको लागि मूल्य समायोजन नभएको र अब चुनाव सकिएलगत्तै मूल्य बढ्ने उल्लेख गरेको छ ।
ओली सरकार बनेलगत्तै नेपालमा पटक पटक पेट्रोलको मूल्य समायोजन भइरहेको छ । नेपालमा पछिल्लो पटक बैशाख १९ गते मूल्य समायोजन भएको थियो भने त्यसपछि पनि पटक पटक मूल्य समायोजन भइसकेको छ । हाल नेपालमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय ८ तथा डिजेलको खुद्रा मूल्य प्रति लिटर ९० रुपैयाँ रहेको छ । जेठको पहिलो साता पेट्रोलको मूल्य बढ्ने संकेत देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्