×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको २०% हकप्रद खुल्दै, यस्ता छन् फारम भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको २०% हकप्रद खुल्दै, यस्ता छन् फारम भर्ने ठाउँ

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २८ गतेदेखि कुमारी बैंकको २०% हकप्रद खुल्ने भएको छ । बैंकले १०ः२ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता सेयर बिक्री गर्न लागेको हो । 
यो हकप्रदमा वैशाख ९ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हाल कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २०% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ । 
फारम भर्ने ठाउँ 
बैंकको लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् । 
यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौं सहित सम्पूर्ण शाखा कार्यालय र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी