Skip to content
LAXMI SUNRISE BANK

महोत्तरीको मनरा र रामेछापको खाँडादेवीमा लक्ष्मी बैंकको शाखा विस्तार, इन्टरनेट र मोवाईल बैंकिङ्ग सेवा प्रदान गर्ने

अर्थ सरोकार

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यससँगै लक्ष्मी बैंकको शाखा संजाल ८२ पुगेको छ । 
यसका अलावा ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गका साथमा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत लक्ष्मी बैंकले सेवा दिइरहेको छ । लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३/७४मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा लगानी पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले एक अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुगेको छ ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा र सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK