
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एपेक्स बैंकमा अरवौं घोटाला भएको घटना सेलाउन नपाउँदै तत्कालीन भिबोर बिकास बैंकमा पनि ठुलो घोटाला भएको रहस्य बाहिर आएको छ । अर्थमन्त्री ठाडो निर्देशनमा उक्त बैंकमा भएको घोटालाबारे छानविन गर्नेगरी राष्ट्र बैंकको इन्सपेक्सन टोली बैंकमा छिरेर यसबारे अनुसन्धान गरेपछि तत्कालीन भिबोर बिकास बैंकको नाममा रहेको अरवौं रुपैयाँको घरजग्गा सो बैंकका अध्यक्ष अजय घिमिरेले कौडीको भाउमा बेचेको खुलासा भएको हो । तत्कालीन सीइओको नजिकको सम्बन्ध रहेका घरजग्गा व्यवसायी सहदेव कक्षपतिसँगको मिलेमतोमा सो घरजग्गा कौडीको भाउमा बेचिएको रहस्य बाहिर आएसँगै अव एपेक्स बैंककै शैलीमा केहि बैंकर र व्यवसायी जेल जाने संकेत देखिएको छ ।
गभर्नर चुप हुँदा अर्थमन्त्री आफैं ताते !
यसो त भिबोर बिकास बैंकमा भएको यो प्रकरणमा चिरन्जीवी नेपालले खासै चासो नदेखाएपछी अर्थमन्त्री आफैंले हस्तक्षेपकारी भूमिका खेलेका छन् । उनले राष्ट्र बैंकमार्फत भिबोरका कागजातहरु मागेर यस विषयमा खोजी गरेपछि बैंकमा अन्य तथ्यहरु पत्ता लगाउन राष्ट्र बैंकको इन्सपेक्सन टोली पठाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकको विशेष टोलीली गरेको निरीक्षणका क्रममा तत्कालीन भिबोर बैंक र भिबोर प्रर्पटीको नाउँमा रहेको अर्बों रुपैयाँ बराबरको जग्गा घिमिरे र कक्षपतिले मोहन मानन्धर र विजय बहादुर राजभण्डारीले कौडीको भाउमा बेचेर लुट गरेको तथ्य फेला परेका थिए । बैंकका तत्कालीन सीइओले विभिन्न व्यवसायीको मिलेमतोमा अरवौंको उक्त जग्गा आकृति हाउजिङ नामक कम्पनीलाई बेचेको तथ्य राष्ट्र बैंकको टोलीले फेला पारेको छ । यता बैंकले त्यतिबेला सीइओ र जग्गा व्यवसायीको मिलेमतोमा ललितपुरको बुङमतीको जग्गा, चोभारमा रहेको जग्गा, लगायतका जग्गा करोडौं घाटा खाएर विक्री भएको समेत फेला परेको छ ।
के भन्छन् अहिलेका लुम्बिनी बिकास बैंकका सीइओ ?
यस विषयमा बुझ्न हामीले भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स मर्ज भएर भिबोर सोसाइटी भएको र हाल लुम्बिनी बिकास बैंक बनेको लुम्बिनी बिकास बैंकका सीइओ झलक प्रसाद खनाललाई सोधेका थियौं । ‘बाहिर विभिन्न कुराहरु आएका छन् । तर हाम्रो जानकारीमा त्यस्तो केहि छैन । राष्ट्र बैंकको इन्सपेक्सनमा त्यस्तो केहि देखिएको थाहा छैन । अहिले हाम्रोमा त्यस्तै सामान्य इन्सपेक्सनमात्र भएको हो । केहि त्यस्तो भएको खण्डमा त कुराहरु बाहिर आइनै हाल्छ ।’ उनका अनुसार राष्ट्र बैंकले सामान्य र प्रक्रियागत निरीक्षण गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्