Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीहरुलाई सहयोग

अर्थ सरोकार

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले रुद्रमती माध्यामिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । बैंकले काठमाडौँको बानेश्वरस्थित उक्त विद्यालय लाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको हो ।
त्यस्तै, बैंकले वैशाख ३१ गते बैँकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रा लाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK