
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको नेकपा क्रान्तिकारी माओवादीले विरोध गरेको छ । अरुण तेस्रो जलविद्युत अायोजना कब्जा गर्न मोदी नेपाल अाउन लागेको भन्दै उसले विरोध गरेको हो ।
क्रान्तिकारी माओवादीले अरुण तेस्रो भारतलाई सुम्पिनु राष्ट्रघाती काम भएको बताउँदै कालो झण्डा देखाउने तयारी गरेको छ । उसले प्रधानमन्त्री ओलीको असली राष्ट्रवाद उदांगो भएको ठहर समेत गरेको छ ।
यसअघि क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले अरुण तेस्रोको सिलान्यास गर्न नदिने बताउँदै मोदीलाई कालोमोसो दलेर धपाउनु पर्ने बताएका थिए । उनले अाफ्नो पार्टीको अगुवाइमा मोदीलाई कालोमोसो दल्ने समेत बताउँदै स्वाभिमानी नेपालीलाई साथ दिन अाग्रह समेत गरेका थिए ।
लामो समयदेखि विरोधका कारण रोकिएको अरुण तेस्रो शिलान्यास गराउनुले प्रधानमन्त्री केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डको राष्ट्रघाती चरित्र नांगो भएको नेता गजुरेलले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्