- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १४ गतेदेखि मञ्जुश्री फाइनान्सको सेयर लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको १६ हजार ५६३.९ कित्ता र सर्वसाधारण समूहको २२ हजार ५४८.१ कित्ता गरी जम्मा ३९ हजार १२२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद जेठ २१ गतेसम्म छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं र लालदरबार काठमाडौँ, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज शाखा कार्यालयहरुबाट सेयर भर्न पाइनेछ । यसैगरी, मञ्जुश्री फाइनान्सको नयाँ बानेश्वर काठमाडौं कार्यालयबाट पनि आवेदन दिन मिल्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । हाल मञ्जुश्रीको चुक्त पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।