
कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ। एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो। सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो। त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहारसमेत गरे।
एकतर्फी सडकमा मन्त्रीसहितको गाडी गुडेको र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुव्र्यवहार गरेको जानकारी ती गाडीधनीले ट्राफिक प्रहरीलाई गराए। तर ट्राफिक प्रहरीले सडक नियमविपरीत गुडेको मन्त्रीको गाडीलाई कानुनअनुसार नियन्त्रणमा लिनुको साटो उल्टै तिनै उजुरी गर्ने चालकलाई हकारे।
नियमसंगत गाडी चलाइरहेका चालकले (गाडीधनी) ले मन्त्रीका सुरक्षाकर्मीको अभद्र व्यवहारबाट आफू अन्यायमा परेको भन्दै ट्राफिक प्रहरीलाई खबर गरेपछि निकैबेर तनाव उत्पन्न भएको थियो। त्यसपछि समस्या समाधानका लागि महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले फोनसमेत गर्नुपरेको थियो। नियमसंगत गाडी चलाएका ती गाडीधनीले जावलाखेलस्थित ट्राफिक प्रहरी कार्यालयमा आफू अन्याय परेको भन्दै मौखिक उजुरी गरेका थिए। ट्राफिक नियम मिचेर चलेको मन्त्रीको गाडी र दुव्र्यव्यवहार गर्ने सुरक्षाकर्मी चढेको गाडी नम्बर यातायाता व्यवस्था विभागबाट हेरी कारबाही गर्ने आश्वासन उनलाई दिएको छ। ट्राफिक प्रहरीले भने सामान्य विवाद भएको र दुवै पक्षलाई मिलाएर पठाएको जनाएको छ।
प्रधानमन्त्री, मन्त्री तथा संवैधानिक निकायका प्रमुख र सुरक्षा अंगका प्रमुख सवार गाडीको अगुवा र पछुवा सुरक्षाकर्मीले सडकमा रातो बत्ती भएको छडी देखाउँदै सर्वसाधारणलाई अनावश्यक गालीगलौव गर्दा उनीहरूप्रति वितृष्णसमेत पैदा हुन थालेको छ। साधारणतया राजधानीका सडकलाई सुरक्षा निकायले ‘थ्रेट’ नभएको विष्लेषण गरेको छ। नागरिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्