
काठमाडौँ — घरेलु तथा साना उद्योग महासंघको आयोजनामा भएको औद्योगिक प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको छ । पाँच दिनसम्म चलेको मेलामा १ लाख ९० हजार अवलोकनकर्ता आएका थिए ।
अवलोकनकर्ताको सहभागिताले आफूहरू उत्साहित भएको आयोजकले जनाएका छन् । प्रदर्शनीको समापन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरिन् । उनले उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताइन् ।
स्थानीय निकायमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्ने बताइन् । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा रहेका करिब तीन लाख लघु, घरेलु तथा साना उद्योगहरूलाई सुरक्षा गर्नुपर्ने बताए । मेलामा ७५ जिल्लाका उद्यमीसहित भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको पनि सहभागिता थियो ।
साभार श्रोत: कान्तिपुर दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्