×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै श्रीमानबाट कुटिइन् गोदावरी नगरपालिकाकी उपमेयर

PRIME CA

आफ्नै श्रीमानबाट कुटिइन् गोदावरी नगरपालिकाकी उपमेयर

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ललितपुर जिल्लाको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।
न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।मंगलबार साँझ श्रीमानको कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमानविरुद्ध ठोडो उजुरी दिएकी छन् ।
यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए ।
श्रीमानविरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: