×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँबासीलाई खुशीको खबर, दशैँअघि नै काठमाडौँमा मेलम्चीको पानी आउने

PRIME CA

काठमाडौँबासीलाई खुशीको खबर, दशैँअघि नै काठमाडौँमा मेलम्चीको पानी आउने

२४ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी दशैँअघि नै काठमाडौँ उपत्यकामा ल्याईपुर्याउने बताएकी छन् । उनले भनिन् ‘हिमाल, पहाड, तराई र सहरी क्षेत्रका जनतालाई स्वच्छ र स्वस्थ्य खानेपानी दिन सक्नु मेरो प्रमुख कार्यभार हो । सुन्दर बस्ती र सहरको आधारभूत मापन स्वच्छ खानेपानी भएकाले पूरा गर्न हामी लागेका छौँ ।’ 
तराईका सबै जिल्लामा खानेपानी आपूर्ति सहज बनाउन महाकाली नदीको पानी कन्चनपुरमा ल्याउने, कर्णालीको पानी कैलाली र बर्दियासम्म वितरण गर्ने योजना छ, उनले भनिन् । सबै बस्तीमा प्रशोधनसहितको ढल विकासलाई प्राथमिकता दिएका छौँ । कार्यकाल सकिँदा प्रत्येक घरमा रहेको धाराको टुटी खोल्दा हावा होइन, पानी झरोस् भन्ने हिसाबले काम गर्न खोजिरहेकी छु ।
उनले भनिन् ‘मैले मन्त्रालय सम्हाल्नुअघि मेलम्ची आयोजनामा अवरोध थियो, म आएर अवरोध खुलाएँ । अहिले फेरि अवरोध आएको मैले सुनेकी छु ।’ यस्ता अवरोधलाई दीर्घकालीन रूपमै समाधान गरी काम अघि बढाउन र दसैँअघि नै काम सक्न निर्देशन दिइसकेको उनले बताइन् ।
मेलम्चीको पानी राजधानीबासीलाई दसैँको उपहारस्वरूप दिने गरी काम भइरहेको पनि उनले बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: