Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे माइक्रोफाइनान्सको जेठ २५ मा एजीएम, सभामा ३०.८०% बोनस प्रस्ताव पेश गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  जेठ २५ गते मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ ।उक्त सभामा बैंकले ८०% बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । बोनसमा लाग्ने कर तिर्ने झन्झट भने  सेयरधनी आफैले बेहोर्नुपर्नेछ । सभाका लागि कम्पनीले जेठ २ देखि २५ गतेसम्म बुक क्लोज गर्नेछ । जेठ १ गतेसम्म कायम सेयरधनी मात्र लभांशको हकदार हुनेछन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसको खुद नाफा २ करोड १२ लाख १४ हजार रुपैयाँ पुगेको छ । मिमिर्रेको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ २८ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK