×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७ तस्विरमा हेर्नुहोस् दिन दहाडै काठमाडौँमा लुट मच्चाउने ‘मोबाइल चोर’, तपाईं पनि सचेत रहनुहोस् है ! (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घटना कोटेश्वरको हो । सोमबार विहान हातमै रहेको मोबाइल एकाएक कसैले लुटेर भागेपछि कोटेश्वर बस्ने एक युवतीले गुहार मागिन् । नजिकै रहेका एक अर्का युवाले उनको गुहार सुनेपछि हतार हतार आफ्नो स्कुटरबाट ती चोरलाई पिछा गरे । नभन्दै चोर समातियो । मोबाइल फिर्ता भयो र स्थानीयले ती चोरलाई प्रहरीकहाँ बुझाइदियो । 
झट्ट हेर्दा अन्दाजी १८ बर्षको उक्त मोबाइल चोर किशोर आफु ‘फल-सिलीङ’को काम गर्ने केटा भएको र आफुले खसेको मोबाइल लिएर हिंडेको बताईरहेका थिए । ‘तर किन भागेको त ?’ भन्ने सोध्दा उनले भने, ‘मेरो साथी मेरो पर्स चोरेर भाग्यो अनि त्यसलाई लेखेटेको !’ तर उनले बोलेको कुरा झुट हो भन्ने सबैलाई थाहा थियो । अन्तत स्थानीयले उनका कुरा पत्याउने कुरै थिएन । स्थानीयले तीनलाई प्रहरीकहाँ बुझाउन लागे । 
आफ्नो घर सिन्धुली बताउने ती चोर किशोर त प्रतिनिधि पात्र मात्र हुन्, यसरी बोकीरहेको मोबाइल चोर्नेहरु अहिले बजारमा छ्यापछ्याप्ती छन् । सबै जना सचेत हुन जरुरी छ । 
र धन्यवाद स्कुटरमा पिछा लागेर रातो घेराको चोर पत्ता लगाउने यी हेल्मेट लगाएका व्यक्ति र मास लगाएकी पिडित । उनले हातमा बोकेको मोबाइल नै थियो ती चोरले चोरेका । अहिले उक्त मोबाइल फिर्ता भइसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: