Skip to content

मोदीको नेपाल भ्रमण अगाडि नै विप्लवलाई झट्का, नेकपाका नेता भारतबाट पक्राउ

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता भारतमा पक्राउ परेका छन् । मोरङ घर भएका ६० वर्षीय सुरेश कुमार राई उर्फ सागर राईलाई कोलकाताको स्पेसल टास्क फोर्सको विशेष टिमले दिल्लीबाट पक्राउ गरेको भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ले जनाएको छ ।
उनलाई भारतीय दूतावासमा गराइएको विस्फोटको मास्टरमाइन्ड भएको आरोप लगाइएको छ । गत वैशाख ३ गते विराटनगरस्थित भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट भएको थियो । दश वर्ष अघि सप्तकोशीमा आएको बाढीपछि राहत र निर्माणको लागि भारतले विराटनगरमा कार्यालय खोलेको थियो । कार्यालय बन्द गर्नुपर्ने माग उठे पनि भारतले बन्द गरेको छैन ।
विस्फोटमा भवनको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको थियो । विस्फोट नेत्रविक्रम चन्द विप्लव समूहले गराएको प्रहरी स्रोतको दाबी भएपनि विस्फोटको जिम्मेवारी कसैले लिएको थिएन । इकोनोमिक टाइम्सले प्रहरीलाई उद्‍धृत गर्दै लेखेको समाचार अनुसार राई पार्टीका जिल्ला सचिव हुन् । घटनापछि उनी भागेर दिल्लीमा आएको समाचारमा उल्लेख छ ।
एसटिएफका नाम नखुलाइएका एक वरिष्ठ अधिकारीलाई उद्‍धृत गर्दै राईले आफ्नो पार्टीले नेपालस्थित भारतीय चासोका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाएको स्वीकारेको उल्लेख छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्