
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्यटेलिसिरियल जिरे खुर्सानीमा एक पात्र छन् मुन्द्रे । जो आफु एसएलसी पास भएको बेलाबेलामा धक्कु लगाउँछन् । ती पात्रले एसएलसी पास गरेका व्यक्तिले जे पनि गर्न सक्छन् भन्ने कुरामा रमाइलो गरेका छन् । माउन्ट मकालुमा एक सञ्चालकले त्यस्तै दादागिरी देखाएका छन् । सञ्चालक हुन न्यूनतम स्नातक पास गरेको हुनुपर्ने नियम बनेर के भो र ? उनले एसएलसी पास गरेका छन् र पावर र पैसाका भरमा जे पनि गर्छन् ।
यस्तै पावर र पैसाका भरमा कसरी नियमको बर्खीलाप हुन्छ भन्ने कुराको पछिल्लो गतिलो होइन सार्है गतिलो उदाहरण बनेका छन्, माउन्ट मकालु बिकास बैंकका सञ्चालक लछुमन तिवारी। कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन न्यूनतम स्नातक पास हुनुपर्ने नियमको बर्खीलाप गर्दै क्वालिफिकेसन नपुगेर पनि सञ्चालक समितिमा बसीरहेका तिवारीले राष्ट्र बैंकको समेत सेटिङमा पुन: बाफिया मिचेको खुलासा भएको छ ।
प्रदेशसभा अन्तर्गत तेह्रथुम जिल्ला क्षेत्र नम्बर २ का सांसद बनेपनि उनले माउन्ट मकालु डेभलेपमेण्ट बैंकको सञ्चालक समिति छोडेका छैनन् । स्रोतले दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंकको समेत सेटिङमा उनी उक्त पदमा बसीरहेका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ को इ प्रा निर्देशन नम्बर ६/०७४ अन्तर्गत संस्थागत सुशासन सम्बन्धि व्यवस्थामाको संचालकको पालना गर्नु पर्ने आचारण सम्बन्धि व्यवस्थाको १६ नम्बर बुँदामा स्पष्टअसङ्ग प्रदेश सभामा रहेका व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थामा सञ्चालक भएर बस्न नपाउने व्यवस्था गरेको छ ।

अव हेर्नुहोस् नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा संस्थागत सुशासन सम्बन्धि व्यवस्थाको खण्ड ३ मा उल्लेख भएको नियम :

राष्ट्र बैंककै सेटिङ
यसो त बैंक तथा वित्तीय संथा ऐन अनुसार बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन न्यूनतम स्नातक पास गरेको हुनुपर्छ । तर लछुमन तिवारीले एसएलसी मात्र पास गरेका छन् । तर पनि उनी संचालक समितिमै बसेका छन् । बैंकभित्रकै एक उच्च तहका कर्मचारीले दिएको गोप्य जानकारी अनुसार उनले राष्ट्र बैंकमा सेटिङ मिलाएर पदमा बसीरहेका छन् । यसरी लामो समय गैरकानुनी रुपमा पदमा बसेपनि उनलाई कारवाही हुन सकेको छैन । यस विषयमा उनीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
यो पनि हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्