
मुक्तिनाथ विकास बैंक लि.ले कटारी नगरपालिका वडा नं.३, गोलपार्कमा आफ्नो ७९ औं शाखा विस्तार गरेको छ । बैशाख २७ गते बिहीवार उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
खड्काले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग तथा ग्रामीण बैंकिङ्ग एकै साथ संचालन गर्ने नेपालको पहिलो वित्तीय संस्थाले यस क्षेत्रमा आफ्नो कारोबार मार्फत सम्पूर्ण जनतालाई आवश्यक पर्ने वित्तीय सेवा प्रदान गर्न गईरहेकोमा खुसी व्यक्त गरे । सोही सन्दर्भमा उनले गरीब देखि धनीसम्मलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबका दिनहरुमा पनि बैंकले आफ्ना लक्ष्यका साथै विभिन्न वर्गका जनताहरुलाई वित्तीय सेवा प्रदान गर्दै अगाडि बढ्न सफल बनोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
ईलाका प्रशासन कार्यालयका प्रमुखसनिल पौडेलले मुक्तिनाथ विकास बैंकको जस्तो लक्ष्य लिएको बैंकले कटारी क्षेत्रमा आफ्नो कारोबार संचालन गर्नु भनेको कटारीबाशीको लागि खुसीको कुरा भएको बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराए । मुक्तिनाथ विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्