Skip to content
LAXMI SUNRISE BANK

मोरङ्गको विराटनगरमा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लि.ले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । मिति २०७५ बैशाख २६ गते बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि खड्काले मुक्तिनाथ विकास बैंकले पुर्वाञ्चलमा शाखा विस्तार गरेकोमा हर्षित महशुस भएको बताए । बैंकले नेपाल राज्यभर ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको र प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु बिस्तार गरी यस बैंकले अवलम्बन गरेका उद्देश्य पुरा गर्न सफल बनोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि एवं बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आह्वान गरे ।
कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरुमध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष शिव रिजाल तथा लायन्स डिष्ट्रीक्ट ३२५ए१ का गभर्नर लिला ढुंगेल लगायतको उपस्थिति रहेको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK