
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागबेलीले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३४.९९% घटेको हो । गत वर्ष नागबेलीको खुद नाफा २ करोड ८२ लाख ८८ हजार रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा २८.७३% ले घटेर ३ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ५२.०४% ले घटेर २ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा घट्नुको कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफा रहेको छ ।
नागबेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १३ पैसा छ । नागबेलीले २२ करोड २५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ करोड ६७ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ३.७६% र कस्ट अफ फन्ड १०.५०% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्