
वीरगञ्ज – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग कुनै साइनो नरहेको बताएका छन् । धेरै विषयमा सहमति भइसकेको भन्दै उनले एकता दीर्घकालीन होस् भनेर केही विषयमा अहिले नै मन माझ्न छलफल भइरहेको बताए ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘पार्टी एकताको सवालमा मोदी भ्रमणसँग कुनै साइनो सम्बन्ध छैन । पार्टी एकता गर्ने नगर्ने फैसला गर्ने हामीले हो, हिनग्रन्थीको शिकार हुनुहुँदैन ।’
सत्ता वा पदीय स्वार्थका कारण पार्टी एकतामा ढिलाई भएको उनले अस्वीकार गरे । ‘सत्तामा त हामी छँदैछौं, एकता गर्नै पर्दैन’ उनले भने, ‘पार्टी एकताका लागि दुईवटै पार्टीका अध्यक्षहरु नै अन्तरिमकालका लागि अध्यक्ष हुने भनिसकेका छौं, लिखित सहमति भइसकेको छ । पदमा पनि कुनै समस्या छैन ।’
वैचारिक, राजनीतिक र नीतिगत आधार तयार भइसकेको भन्दै उनले अब पार्टी एकता नरोकिने बताए । ‘छिटो भन्दा छिटो एकीकृत पार्टी घोषणा गर्छौ’ नेता श्रेष्ठले भने ।
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय मोदीलाई गरिएको नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति उपयुक्त नभएको बताए ।
‘नेपालको आन्तरिक मामलाको सन्दर्भमा हामीले छलफल गरेर र एक हदसम्म आवश्यकता पर्दाभित्रै संघर्ष र आन्दोलन नै गर्नुपर्ने पनि हुन सक्छ । त्यो आफ्नो ठाउँको कुरा हो’ उनले भने ‘तर विदेशी मुलुकको प्रधानमन्त्रीसँग गुहार गरे जस्तो गरी जुन ढंगले अभिव्यक्ति आयो त्यो दुःखद हो ।’
माओवादी नेता श्रेष्ठले संविधानलाई समय अनुसार परिमार्जन गर्दै लैजान आफूहरु तयार रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्