
बर्दीबास – नयाँ नेपाल लघुबित्त बित्तिय संस्था लि. को केन्द्रिय कार्यलय धुलिखेलले संस्थाका कर्मचारीका लागि लेखा ब्यबस्थापन, सफ्टवयर सञ्चालन र रिपोर्टिङ्ग सम्बन्धि ६ दिने तालिम मंगलबाट सुरु गरेको छ । तालिम मंगलबार बर्दिबास साखाको सभाहलमा सुरु भएको हो ।
उक्त तालिममा पुर्ब क्षेत्रका १४ शाखाका २० कर्मचारी-प्रशिक्षार्थी सहभागी छन् । केन्द्रिय कार्यलय धुलिखेलका प्रबन्धक माधवराज दहालले उद्घाटन गर्नुभएको कार्यक्रमको सहजिकरण यसै संस्थाका अनुगमन अधिकृत सुमन घिमिरे तथा बर्दिबास शाखाका शाखा प्रबन्धक आशिस प्रधानले गर्नु भएको हो ।
कर्मचारीको लेखा ब्यबस्थापन, सफ्टवयर सँचालन, रिपोर्टिङ लगायत सम्पुर्ण प्राबिधिक क्षमता अभिवृद्दी गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम बैसाख ३० गते सम्म चल्नेछ। Empower सफ्टवयरको तर्फबाट उक्त सफ्टवयरको उत्पादक तथा बितरक Infodev कम्पनिका प्रतिनिधी नविन पहाडीको पनि उपस्थिती यस कार्यक्रममा रहने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्