
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेको इन्सुरेन्सको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामीमा बिक्री खुला भएको छ । यस संस्थापक सेयरको न्यूनतम मूल्य २४२ रुपैयाँ तोकिएको छ । आवेदकले यही २४२ रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट बोलपत्र भनुपर्नेछ । यसमा व्यक्ति, कम्पनी र संघ संस्थाले पनि आवेदन दिन सक्नेछन् ।
बोलपत्र भर्ने म्याद असार ३ गतेसम्म छ । आवेदकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्सालबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र प्रस्ताव गर्न पाइनेछ ।
हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले २१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७७ पैसा रहेको नेको इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ भने २३६ रुपैयाँ १४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्